मुख्यमन्त्रीले बोलाउनु भएको सर्वदलिय बैठक सम्पन्न
विराटनगर, चैत्र १४
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गर्नुभएको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिनु भएको छ ।
मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिनुभएको छ । त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराउनुभयो । उहाँले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय लिनु भएको थियो ।
बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठकमा उहाँहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने बताउनुभयो ।