जनताको समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुुख्यमन्त्रीको निर्देशन
विराटनगर, माघ ५
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री सहित आज नियुक्त हुनुभएका राज्यमन्त्रीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।
महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो, मुख्यमन्त्री राईले भन्नुभयो तपाईहरुले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्नुहुनेछ ।
मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
कामगर्न तपाईहरु अल्मलिनु पर्दैन्, मुख्यमन्त्री राईले भन्नुभयो कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।
कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं मुख्यमन्त्री राईलेआत्तिने, मात्तिने र अयोग्यहुने छुट नरहेको समेत बताउनुभयो ।
आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीतिअख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशनदिनुभयो ।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जनाप्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो । जस अनुसार प्रदेश प्रमुख सोमनाथअधिकारी प्यासीले रामबहादुर मगरलाई भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा) सामाजिकविकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।