मुख्यमन्त्री राईद्धारा माघे संक्रान्ति तथा यले सम्वतको शुभकामना
विराटनगर, माघ १
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे संक्रान्ति तथा माघी पर्व २०७६, यले सम्वत ५०८० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो, शुभकामना सन्देशमा भनिएको छ, जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर संक्रान्ति, माघी पर्व तथा यले सम्वतलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षाल्लासपूर्वक धुमधामले मनाउने गरिएको छ ।
नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु छन् । यी चाडपर्वहरुले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको मैले विश्वास लिएको छु, जारी सन्देशमा भनिएको छ ।
तरुल लगायतका कन्दमुल, घिउ, चाकु तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइले यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
मुलुकमा मनाइले यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबद्र्धन गर्नु हामी सबैको दायित्व हो । यस चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु, सन्देशमा भनिएको छ ।